नेपाली फिल्म उद्योगमा नायिका पूजा शर्मा बेला बेला चर्चामा आइरहने पात्र हुन्। आफ्नै ब्यानरका हिट फिल्ममा पूजाले लगानीसमेत गरेकी छिन्।
ब्यानर बाहिरका फिल्ममा नचल्दा पनि पूजाको बेग्लै चर्चा देखिन्छ।
उनको पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु ३’ले बक्स अफिसमा राम्रै कलेक्सन गर्यो। फिल्म प्रदर्शनताका फिल्मका नायक पल शाह प्रहरी हिरासतमा पुगे।
त्यो समय पूजाले दिएका अभिव्यक्तिले उनलाई निकै विवादमा तान्यो। त्यसपछि भने पूजा मिडियाबाट टाढा छिन्।
मनोरञ्जन उद्योगमा पूजा शर्मा र गसिप एकअर्काका परिपूरक जस्तै भएका छन्। उनी कहिले आफूले दिएका अभिव्यक्ति त कहिले प्रेम सम्बन्धलाई लिएर चर्चामा आइरहन्छिन्।
मनोरञ्जन उद्योगमा उनलाई गसिप क्वीनका रुपमा समेत चर्चा गरिँदै आएको छ।
पछिल्लो समय मिडियाबाट टाढा रहेकी पूजा आफ्नो ज्यान मेन्टेनमा लागेकी छिन्। बितेको केही महिनादेखि पूजा डान्स पनि सिकिरहेकी छिन्। तर उनले यो मेहनत केका लागि गरिरहेकी छिन भन्ने कुरा कसैलाई भनेकी छैनन्।
नयाँ फिल्म हातमा नभएका बेला पूजाले गरेको मेहनत आफ्नै लगानीमा बन्ने अर्को चलचित्रका लागि रहेको उद्योगमा चर्चा छ। पूजा अभिनित ‘संझना बिर्सना र सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छन्।
Shares

प्रतिक्रिया