कला


भाइरल ‘मिदी भाइ’ सिरियलमा

भाइरल ‘मिदी भाइ’ सिरियलमा

नेपालखबर
जेठ २५, २०७९ बुधबार ९:४७, काठमाडौँ

स्थानीय निर्वाचन ताका ‘सागर, बसन्ते, किस्ने सबहरु नडरा, तेरो दाइ मिदी भइसक्यो’ भन्ने भनाइ निक्कै भाइरल भयो।

नेपाल सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गरे लगत्तै म्यादी प्रहरीको ड्रेसमा कपिलवस्तुका नवराज रेग्मीले बोलेको उक्त वाक्य त्यसताका सबैको मुखमा झुन्डियो।

​यही भिडियोले १६ वर्षका रेग्मीलाई प्रहरीले पक्राउ समेत गर्यो। प्रहरी हिरासतबाट बाहिर निस्किएपछि उनै रेग्मीले पुनः सागर, बसन्ते र किस्नेले भेट्न नआएको भन्दै चित्त दुखाए। उनको यो चित्त दुखाइ पनि भाइरल भयो। भाइरलको बाटो हुँदै रेग्मीले अभिनयको बाटो समातेका छन्।

भाइरल रेग्मीले सिरियल ‘हल्का रमाइलो’ मार्फत अभिनय यात्रा सुरु गरेका छन्। सिरियलको पहिलो भागमा म्यादी पोसाकमै प्रस्तुत भएका रेग्मीलाई थोरै मात्रै प्रस्तुत गरिएको थियो। दोस्रो भागमा भने सिरियलको कथा नै उनकै वरिपरी घुमाइएको छ। सिरियलको केही भागमा रेग्मीलाई देख्न पाइने सिरियल निर्देशक मरिचमान श्रेष्ठले जानकारी दिए। 

नवराज रेग्मीले आफूलाई सिरियल खेल्न मन लागेको भन्दै धेरै पटक फोन गरेपछि सिरियलमा अभिनयको अवसर दिएको श्रेष्ठले बताए।

सिरियलभर उनलाई रमाइलो पात्रका रुपमा प्रस्तुत गर्ने मरिचमानले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad