हलिउड चलचित्र ‘जोकर’को सिक्वेल बन्ने भएको छ। निर्देशक टड फिलिप्सले चलचित्रको दोस्रो सिक्वेल बन्न लागेको खबर सार्वजनिक गरेका छन्।
दोस्रो सिक्वलेको नाम ‘जोकर फोली अ डू’राखिने पनि निर्देशकले जनाएका छन्।
जोकरको यो सिक्वेलको कथा स्कट सिल्भर र फिलिप्सले लेख्ने भएका छन्। ‘जोकर’को दोस्रो सिक्वेलमा पनि जोकिन फिनिक्स नै शीर्ष भूमिकामा देखिनेछन्।
सन २०१९ मा बनेको ‘जोकर’निक्कै हिट भएको थियो।
यो चलचित्रले विश्वभरबाट एक बिलियन डलर कलेक्सन गर्दै ब्लकबस्टर सूचीमा पुगेको थियो। यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको थियो।
यो फिल्म ओस्कार अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहित १२ विधामा मनोनयनमा परेको थियो।
57
Shares

प्रतिक्रिया