गत दसैंको अवसर पारेर रिलिज भएको चलचित्र ‘डाँडाको वरपीपल’ले हलमा पानी पनि भन्न पाएन।
हल प्रदर्शनमा नराम्रोसँग पछारिएको यो फिल्मले युट्युबमा भने राम्रो भ्युज पायो।
युट्युबमा फिल्मले पाएको भ्युजलाई लिएर उत्साहित देखिएका निर्देशक शोभित बस्नेतले फिल्मको सिक्व्ल घोषणा गरेका छन्।
हलमा नगएका दर्शकले यो फिल्म युट्युबमा हेरेर भने मन परेको प्रतिकृया दिए। जुन प्रतिकृया हेरेर हौसिएका शोभितले दोस्रो सिक्वेलको घोषणा गरेका हुन्।
पछिल्लो समय सिक्वेल फिल्मले मात्रै राम्रो व्यापार गरिरहेका छन्।
त्यसैले पनि सफल फिल्मका सिक्वेलको सूची निकै लामो बनेको छ। शोभितले भने आफ्नो असफल फिल्मको सिक्वेल निर्माण घोषणा गरेका हुन्।
दोस्रो सिक्वेलको नाम ‘डाँडाको वरपीपल २’ राखिएको छ। फिल्म छायांकनमा छिट्टै निस्कने शोभित बताउँछन्।
Shares

प्रतिक्रिया