कला


घरैमा झन्डै मारिए बलिउड अभिनेता सलमान खान

घरैमा झन्डै मारिए बलिउड अभिनेता सलमान खान

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १६:३६, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको छ। 

भारतको टाइम्स न्यूज नेट्वर्कका अनुसार अभिनेता खानमाथि पञ्जावी गायक सिन्धु मुजवालाको हत्यामा संलग्न समूहबाटै आक्रमण प्रयास भएको हो। 

यो समूहले सलमानको हत्या गर्न सार्प सुटर नै खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

ती सार्प सुटर सलमानकै मुम्बईस्थित घरबाहिर कुरेर बसिरहेको खुलेको छ। 

सलमानले हरेक बिहान साइक्लिङ जाँदा सुरक्षा गार्ड लिएर नहिँड्ने सूचना मिलेपछि त्यो समूहले घर आसपासमै हत्या योजना बनाएको बताइएको छ।

पञ्जावी गायक सिन्धु मुजवालाकै हत्यामा संलग्न मानिएका लरेन्स बिस्नोईले सलमानमाथि आक्रमण गर्न सार्प सुटर खटाएको टाइम्स नेट्वर्कले जनाएको छ।

सलमानले घर छाड्नै लागेका बेला सार्प सुटरले उनीमाथि आक्रमण गर्न लागेका थिए। तर त्यही बेला मुम्बई प्रहरीको एउटा टोली उनको घरको गेटमा पुगेपछि घटना टरेको खुलेको छ। 

हत्या योजना बनाइएको दिन दिउँसो एक सार्वजनिक कार्यक्रममा सलमान सहभागी हुने भएकाले बिहानै प्रहरी उनको स्कर्टिङमा पुगेको थियो। 

सलमानमाथि आक्रमण गर्नै लाग्दा प्रहरी पुगेपछि सार्प सुटरहरुले योजना परिवर्तन गरेर त्यहाँबाट भागेको समाचारमा जनाइएको छ। 

केही दिनअघि यही समूहले सलमान र उनका बाबु सलिम खानको हत्या गर्ने धम्की दिएको खुलेको थियो। 

धम्कीपछि मुम्बई प्रहरीले दुवैको सुरक्षा बढाएको थियो। सलमानलाई मार्ने धम्की आएपछि मुम्बई क्राइम ब्रान्चको एक टोली उनको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ पुगेको थियो। 

५ जुनमा सलमानलाई धम्कीपूर्ण चिठी पठाएर मार्ने धम्की दिइएको थियो। सलमानले सधैँ मर्निङवाक जाने ठाउँमा उक्त धम्कीसहितको चिठी भेटेका थिए।

उक्त  जुन चिठीमा सलमान र सलिमलाई उनीहरुको अवस्था केही दिनअघि हत्या गरिएका पञ्‍जावी गायक सिद्धु मुजवाला जस्तो हुने चेतावनी दिइएको थियो।

त्यही बेला नै प्रहरीले सलमानलाई लरेन्स विश्नोई समूहले धम्की दिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। अहिले त्यही समूहले सार्प सुटर खटाएको खुलेको छ। 

मुजवालाको हत्यापछि नै सलमानको सुरक्षा बढाइएको थियो। सन् २००८ मा पनि कालो हरिण मारेको घटनामा विश्नोईले सलमानलाई मार्ने धम्की दिँदै आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad