लामो समयपछि नेपाली फिल्म उद्योगमा फिल्म ‘कबड्डी ४’ले अहिलेसम्म बनेको कमाईको रेकर्ड ब्रेक गरेको छ।
‘कबड्डी ४’ रिलिज अघिसम्म यो रेकर्ड चलचित्र ‘छक्का पन्जा ३’ले बनाएको थियो।
४ वर्षअघि रिलिज भएको ‘छक्का पन्जा ३’ले देश तथा विदेशमा गरेको सम्पूर्ण शोबाट झण्डै २० करोड कमाएको थियो। ‘कबड्डी ४’ले यो रेकर्ड प्रदर्शनको दोस्रो सातामै तोडेको हो।
फिल्म प्रचार र प्रर्दशन दुबैमा माहिर दीपकराज गिरीको रेकर्ड रामबाबु गुरुङले तोडेका छन्। यो सँगै प्रश्न सुरु भएको छ, अब रामबाबु गुरुङले बनाएको नयाँ विरासतलाई कसले चुनौती देलान् त?
दीपकराज गिरी नै ‘छक्का पन्जा ४’ वा ‘माग्ने राजा’ बनाउने तयारीमा छन्। ‘कबड्डी ४’ले आफ्नो फिल्मको रेकर्ड तोड्यो भन्ने खबर सार्वजनिक भएसँगै असन्तुष्टि व्यक्त गरेका गिरी यतिबेला फिल्मको स्क्रिप्ट लेखनका लागि पोखरा पुगेका छन्।
उद्योगमा राम्रो रेकर्ड बनाउन सफल फिल्म ‘प्रेम गीत’को तेस्रो सिक्वेल पनि दशैँमा प्रदर्शन हुँदैछ। केही प्रतिक्षित फिल्म हलमा रिलिजको तयारीमा छन्।
उद्योगले प्रतिक्षा गरेका फिल्मले ‘कबड्डी ४’ले बनाएको नयाँ रेकर्ड तोड्न सक्ने आँकलन त गरिएको छ। तर यो फिल्मको रेकर्ड कुन फिल्मले कहिले तोड्छ भन्ने कुरा भने अड्कल गरिएको छैन्।
Shares

प्रतिक्रिया