कला


मिरुना मगर प्रकरणले सिकाएको पाठ, अभिनेत्रीलाई बडिगार्ड

मिरुना मगर प्रकरणले सिकाएको पाठ, अभिनेत्रीलाई बडिगार्ड

अभिनेत्री स्वस्तिमा खड्का


नेपालखबर
असार ४, २०७९ शनिबार १०:५, काठमाडौँ

पछिल्लो समय नेपाली बक्स अफिसमा चलचित्र ‘कबड्डी ४’ ले तहल्का पिट्यो।

घरेलु बक्स अफिसका सबैजसो रेकर्ड ब्रेक गरेको यो फिल्म नायिका दुर्व्यवहारका कारण पनि चर्चामा रह्यो।

यो चर्चाले फिल्मको व्यापारमा केही नकारात्मक पाटा पनि देखिए।

फिल्मकी अभिनेत्री मिरुना मगरमाथि यौन दुर्व्यवहारको घटनाले गर्दा नै राम्रो आम्दानीको बजार मानिएको सिक्किममा फिल्म प्रदर्शन हुन अझै सकेको छैन। 

मिरुनालाई फिल्म हेर्न आएका  फुर्वा तामाङले दुर्व्यवहार गरेको मिरुनाको आरोप थियो। मिरुनाले दर्ता गरेको यो मुद्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अझै छ। यो घटनापछि केहीले नायिकाको अंगरक्षक नहुँदा घटना भएको विश्लेषण गरे। निर्माताको पनि यही निष्कर्ष थियो। 

मिरुना प्रकरणबाट सिकेको पाठ ‘चिसो मान्छे’मा लागु गरिएको छ। ‘चिसो मान्छे’की शीर्ष कलाकार स्वस्तिमा खड्का बडिगार्ड सहित हलमा पुगेकी छिन्।

फिल्म प्रदर्शनको पहिलो दिन हलमा प्रतिक्रिया लिन पुगेकी स्वस्तिमा अर्पण थापाका साथमा दायाँबायाँ दुईजना बडिगार्ड सहित हलमा पुगेकी हुन्।

हलमा स्वस्तिमाका बडिगार्ड ले भीड नियन्त्रण गरेर हिड्न सहजता प्रदान गरेका थिए। अहिले मनोरञ्जन उद्योगमा ‘चिसो मान्छे’को भन्दा धेरै चर्चा स्वस्तिमाका बडिगार्डको भइरहेकेाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad