फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ। चलचित्र ‘सुनगाभा’निर्देशन गरेर चर्चित बनेका सुवर्ण थापाले निर्देशन गरेको यो फिल्म आगामी साउन २० गतेबाट प्रदर्शनमा आउँदै छ।
सस्पेन्स र थ्रीलर जानरामा निर्माण भएको यो फिल्म एक अपराधिक घटनासँग जोडिएको छ। सार्वजनिक टिजरमा त्यही घटनाको अनुसन्धानमा जुटेका पात्रको कथा प्रस्तुत गरिएको छ।
यो फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का लगायतका कलाकारले अभिनय गरेका छन्।
यो फिल्म मार्फत संजोग रसाइली र पुनम श्रेष्ठ फिल्म उद्योगमा डेब्यु गर्दै छन्। प्रकाश पुरीको पटकथा रहेको फिल्ममा तेन्जिङ पाल्देनको छायांकन र बनिष शाहको सम्पादन रहेको छ।
भिडिओ-
81
Shares

प्रतिक्रिया