ad ad

कला


संघको आयोजनामा तनाव व्यवस्थापन कार्यक्रम

संघको आयोजनामा तनाव व्यवस्थापन कार्यक्रम

नेपालखबर
असार ८, २०७९ बुधबार २१:३५, काठमाडौँ

लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले निःशुल्क स्वास्थ्यशिविर र तनाव व्यवस्थापन तथा हास्य व्यंग्य कार्यक्रम सम्पन्न गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ स्थापना दिवसको अवसर पारेर संघले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा निःशुल्क स्वास्थ्यशिविरअन्तर्गत एक सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन्। त्यसैगरी ११ बजेबाट स्वामी मैत्रेयले तनाव व्यवस्थापनसम्बन्धी प्रवचन दिएका थिए। करिब एक घण्टा लामो प्रवचनमा उनले तनाव व्यवस्थापनसम्बन्धी विभिन्न जानकारी दिनाका साथै प्रयोगात्मक प्रशिक्षण समेत दिए। 

कार्यक्रममा वरिष्ठ हास्यव्यंग्य कलाकार शैलेन्द्र सिम्खडा तथा जितु नेपाल ‘मुन्द्रे’, शिवशंकर रिजाल ‘जोगिन्दर’ले हास्यव्यंग्य प्रस्तुत गरेका थिए।

लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघका अध्यक्ष अशोक कुमार चौरसियाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि कवि तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाले साहित्य क्षेत्रमा प्रतिष्ठानको महत्वपूर्ण योगदान रहेको बताए। कर्मचारीलाई वर्षभरिको तनावबाट केही समय भए मुक्त गरी काम गर्ने नयाँ प्राप्त होस् भनेर संघले यसअघि पनि विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको अध्यक्ष चौरसियाले बताए।

‘संघको स्थापनाकालदेखि विभिन्न रचनात्मक काम गर्दै आएको भए पनि कोरोनाका कारण विगत दुई वर्षदेखि कार्यक्रम गर्न पाएका थिएनौँ’, चौरसियाले भने, ‘अहिले भने व्यस्त जीवनमा तनाव भोगेकाहरुलाई केही भए पनि छुटकारा दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो।’    

कार्यक्रममा प्रतिष्ठानका कर्मचारीहरुमध्ये आव ०७८/७९ का लागि प्लम्बर श्याम महर्जन र सरसफाइ सहयोगी जमुना कुचिकारलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ। साथै कार्यक्रमका अतिथिलाई संघका अध्यक्ष चौरसियाले मायाको चिनो प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .