ad ad

कला


थिएटर भिलेजले जगदीश घिमिरेको ‘साबिती’ नाटक मञ्चन गर्ने

थिएटर भिलेजले जगदीश घिमिरेको ‘साबिती’ नाटक मञ्चन गर्ने

नेपालखबर
असार १२, २०७९ आइतबार ११:४१, काठमाडौँ

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।

विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो।

नाटकको प्रमुख भूमिका निभाउन चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौं आएकी छिन्। उनले नाटकका लागि रियल्सन सुरु गरेकी छिन्।  

यो नाटक सन् २०१९ मा नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो।

हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो। यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन्।

धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन्।

उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठुलो धोको थियो। तर पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिला नै उनी बितेपछि आफ्नो मनमा गहिरो चोट बसेको उनी बताउँछन्।

थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक ‘पल्पसा क्याफे’ मञ्चन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .