पछिल्लो समय राम्रो फ्यान कमाएका अभिनेता हुन् पुष्प खड्का। पुष्प गत साता बौद्धमा रहेको एसआई फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त भए।
फिटनेस सेन्टरको ब्राण्ड एम्बासडरमा नियुक्त भएसँगै पुष्पले जिम आफूले नछुटाउने पाटो भएको बताए। नियमित जिम जाने गरेको बताउने पुष्पले एकताका फिल्म ‘एक्स ९’का लागि आफ्नो ८ केजी तौल घटाएका थिए।
अहिले पनि शारीरिक बनावटकै लागि जिम धाउने गरेको बताए।
पुष्पले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता सुशील श्रेष्ठको फिगरको प्रशंसा गरे। उनले कलाकार दयाहाङ राईलाई भने जिम जान सुझाव दिएका छन्।
थुप्रै हिट फिल्ममा जिवन्त अभिनय गरेका दयाहाङले आफ्नो शरीर पनि मेन्टेन गर्नुपर्ने उनको तर्क छ।
भन्छन् ‘जिम गर्नु पर्ने कलाकारमा म दयाहाङ राईलाई देख्छु, उहाँले जिम गर्नुपर्छ।’
378
Shares
प्रतिक्रिया