ad ad

कला


दीपाश्री निरौलाको त्यो पहिलो प्रेम

दीपाश्री निरौलाको त्यो पहिलो प्रेम

नेपालखबर
असार १५, २०७९ बुधबार ८:२९, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रकी सफल कलाकार हुन् दीपाश्री निरौला। रेडियो नाटकबाट कलाकारिता सुरु गरेकी निरौला अहिले निर्देशक समेत बनेकी छन्। 

‘छक्का पञ्जा’बाट निर्देशन यात्रा सुरु गरेकी दीपाको निर्देशनमा बनेका तीन सिरिजले फिल्म उद्योगमा राम्रो कमाइ गर्न सफल चलचित्र हो। 

गाउँले फिल्मबाट पर्दाको यात्रा प्रारम्भ गरेकी दीपाले थुप्रै चलचित्रमा अभिनय गरेकी छन्। 

फिल्मी करिअरका लागि उनले थुप्रै कुरा छोडेकी छन्। दीपाले फिल्मी यात्राको यही बाटोमा आफ्नो पहिलो प्रेम समेत गुमाउनु पर्यो।

सानै उमेरदेखि कसैको प्रेममा चुर्लम्म डुबेकी  थिइन् दीपा। आफ्नो अभिनय र सपनामा केन्द्रित हुँदाहुँदै उनलाई आफ्नै प्रेमी छुटेको समेत थाहा भएन। 

करिअरको सुरुतिरै प्रेममा परेकी दीपाले आफ्ना प्रेमीलाई प्रयास गर्न देउ भनेकी थिइन। भन्छिन् ‘मैले मलाई प्रयास गर्न देउ भनेकी थिएँ। म आफ्नो सपनालाई एकपटक यथार्थमा परिणत भएको हेर्न चाहान्थेँ। तर उसले मलाई कुर्न सकेन। उसको आफ्नै पारिवारिक दायित्व थियो।’

प्रेम सफल भएन। तर दीपालाई अहिले पनि आफ्नो पहिलो प्रेमको सम्झना छ। भन्छिन् ‘हाम्रो सामाजिक सञ्जाल तथा फोनमा कुरा हुन्छ, भेट हुँदैन्।’ 
कला यात्रामा भने दीपाको नाम कलाकार दीपकराज गिरीसँग जोडिएको छ। फिल्मी सहकार्यका हिसाबले उनीहरु सफल छन्।

 २०५० सालमा भेटिएका दीपक–दीपा त्यसयता सँगै काम गरिरहेका छन्।

उनीहरुको सहकार्यलाई लिएर फिल्मी क्षेत्रमा बेला बेला गसिप भैरहन्छ। तथापि उनीहरुको सहकार्य टुटेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .