ad ad

कला


पूजाको प्रश्नलाई सुदर्शनले स्टुपिड भनेपछि...

पूजाको प्रश्नलाई सुदर्शनले स्टुपिड भनेपछि...

नेपालखबर
असार १७, २०७९ शुक्रबार ७:२४, काठमाडौँ

नेपाली फिल्म उद्योगमा सहकार्यका हिसावले फापेको जोडी हो पूजा शर्मा र सुदर्शन थापाको।

निर्देशक थापा र नायिका शर्माले सहकार्य मार्फत ६ वटा फिल्म उद्योगलाई दिए।

उनीहरुका अधिकांश फिल्मले बक्स अफिसमा राम्रै कलेक्सन पनि गरे।

फिल्म ‘मधुमास’बाट सुरु भएको पूजा र सुदर्शनको सहकार्य ‘म यस्तो गीत गाउँछु २’सम्म आइपुगेको छ।

यो यात्रामा एकताका पूजा र सदर्शन निक्कै नजिक थिए। उनीहरु प्रेममा रहेको चर्चा समेत गरिन्थ्यो। यद्यपि अहिले सुदर्शनले विवाह गरिसके। पूजा पनि युद्ध बाँनियाको प्रेममा रमाइरहेकी छिन्। 

आधा दर्जन फिल्म पूजालाई लिएर बनाएका सुदर्शन सफल फिल्म ‘प्रसाद’को सिक्वेल निर्देशन गर्दै छन्। सुभाष थापाले निर्माण गर्न लागेको उक्त फिल्म निर्माणको घोषणा कार्यक्रममा सुदर्शनले पूजालाई लिएर गरिएका प्रश्नको सामना गर्नु पर्यो।

फिल्म निर्माण घोषणा कार्यक्रममा पुगेका सञ्चारकर्मीले ‘प्रसाद २’मा पूजाको इन्ट्री हुन्छ हुँदैन भनेर प्रश्न गरेका थिए।

जवाफमा सुदर्शनले ‘स्टुपिड प्रश्न’ भनिदिए। अहिले उनले दिएको जवाफ माथि विभिन्न प्रतिक्रिया आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .