ad ad

कला


'प्रसाद - २' मा अटाएनन् निश्चल बस्नेत

'प्रसाद - २' मा अटाएनन् निश्चल बस्नेत

नेपालखबर
असार १७, २०७९ शुक्रबार ८:३२, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा व्यवसायिक रुपमा सफल भएको चलचित्र ‘प्रसाद’को सिक्वेल बन्ने भएको छ।

ठूलो तामझामका साथ औपचारिक घोषणा भएको ‘प्रसाद -२’मा विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा देखिने छन्। विपिन र नम्रता ‘प्रसाद’मा पनि जोडीका रुपमा देखिएका थिए। 

२०७५ सालमा प्रदर्शन भएको प्रसादले दर्शकको मन जितेको थियो। व्यवसायिक रुपमा सफल मानिएको उक्त फिल्मले समीक्षकको पनि राम्रो समीक्षा बटुलेको थियो।

दिनेश राउतले निर्देशन गरेको 'प्रसाद'को सिक्वेलमा निर्देशक परिवर्तन भएका छन्। ‘प्रसाद २’ सुदर्शन थापाले निर्देशन गर्दै छन्। 

सुभाष थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा सुशील पौडेलले लेख्ने छन्। यो फिल्म मार्फत मेडिकल व्यवसायी केशव पाण्डेले निर्माताका रुपमा फिल्म उद्योगमा भित्रने भएका छन्। 

'प्रसाद'को कथा जहाँबाट सकिएको थियो प्रसाद २ को कथा त्यहीबाट सुरु हुने लेखक पौडेलले बताएका छन्।

बाबुराम र नारायणी गाउँ फर्किएपछि उनीहरुको जीवनमा आउने उतारचढावलाई फिल्ममा देखाइने सुशीलले बताए।

‘प्रसाद’मा शीर्ष भूमिकामा देखिएका निश्चल बस्नेत भने दोस्रो सिक्वेलमा नदेखिने भएका छन्।

उनको ठाउँमा अर्पण थापा भित्रिएका छन्। विपिन, नम्रता र अर्पणका साथमा राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारी पनि फिल्ममा देखिने छन्। 

यसै साता छायांकनमा जाने तयारीमा रहेको यो फिल्म कास्कीको याङ्जाकोट आसपासका क्षेत्रमा छायांकन हुने छ। फिल्म तिहारमा रिलिज गर्ने निर्माण टिमको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .