अभिनेता विपिन कार्कीलाई दर्शकले भस्मे डन उपनामले धेरै चिन्ने गर्छन्।
चलचित्र ‘पशुपति प्रसाद’मा विपिनले भूमिका निर्वाह गरेको पात्र हो भस्मे डन। ‘पशुपति प्रसाद’बाट चर्चाको शिखरमा पुगेका यी अभिनेता ‘पशुपति प्रसाद -२’मा भने अटाएका छैनन्।
तर, उनले निर्वाह गरेको चरित्रमाथि फिल्म निर्माण हुने भएको छ। ‘पशुपति प्रसाद’को दोस्रो सिक्वेलमा विपिनले ठूलो पारिश्रमिक मागेका कारण उनलाई लिन नसकेको निर्माताले बताएकाे छ। तर उनले भने उक्त कुराको खण्डन गरेका छन्।
विपिनले उनलाई फिल्म उद्योगमा स्थापित गराउने क्यारेक्टरको नाममा निमार्ण हुन लागेको फिल्ममा भने उनले खेल्ने चर्चा छ। ‘भस्मे डन’नामक फिल्म निर्देशक दीपेन्द्र के खनालले बनाउने तयारी गरेका हुन्।
जहाँ विपिन शीर्ष भूमिकामा देखिने छन्। फिल्ममा शर्मिलाले पाण्डेले लगानी गर्ने बताइएको छ।
Shares

प्रतिक्रिया