ad ad

कला


करिश्मालाई मन परेन बालेनको तरिका

करिश्मालाई मन परेन बालेनको तरिका

नेपालखबर
असार २१, २०७९ मंगलबार ७:२३, काठमाडौँ

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को अहिले आलोचना भइरहेको छ।

केही दिन अघि बाटोमा मकै पोल्दै गरेका एक दम्पतीमाथि महानगरका कर्मचारीले लछारपछार गर्दै ठेलागाडा नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएकाे हाे। 

महानगरको यो व्यवहारले उनीहरुको रोजीरोटी खोसिएको भन्दै धेरैले आलोचना गरेका हुन्।

अन्यकै भीडमा मिसिएर करिश्मा मानन्धरले पनि यो विषयमा चर्को प्रश्न गरेकी छिन्।

उनले सामाजिक संजालमा मानन्धरले मानिसको बाँच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्दै लेखेकी छिन् ‘महानगर सफा हुनुपर्छ, सही हो। हामीले आफ्नो करोडौं पर्ने जग्गा र घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गरेको सही हो। बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन, त्यो पनि सही हो। तर, गाउँ छाडेर हाम्रा सहरमा किन आउँछन् मान्छेहरु भन्ने प्रश्न मुख्य हो।’

उनले कुनै पनि व्यक्ति देशको नागरिक भएपछि देशको हरेक ठाउँमा गरिखान पाउनुपर्ने तर्क गरेकी छिन्। 

मानन्धरले लेख्छिन्, ‘तपाईँहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउन र लागु गर भनेर मात्रै होइन। हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि विचार गर्नु भनेर पठाएको हो।

स्ट्रिट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ। पर्यटकहरुले समेत यसको आनन्द उठाइरहेका हुन्छन्। व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र विरोध गर्न तर्फ लाग्ने? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने?’

गाउँमा सबै सुविधा भए काेही पनि सहर नपस्ने उनी बताउँछिन्। उनले लेखेकी छिन् ‘ठिक छ यसरी नै समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नु केही पनि छैन। तर, अहिले हेर्दा यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .