मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल आयोजना हुने भएको छ। फेलिज इन्टरनेश्नलले दोस्रो संस्करणको मिस्टर एण्ड मिस टिन आयोजना गर्न लागेको हो।
उक्त प्रतियोगित पहिलोपटक २०१७ मा आयोजना गरिएको थियो। मिस टिन र मिस्टर टिन विजेता ब्राजिलको उाउ पाउलोमा सहभागी भएका थिए।
दोस्रो संस्करण थप विशेष हुने भएको छ। यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्सिटीमा प्रतिस्पर्धा गर्ने अवसर पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको नलेज पार्टनर द ब्रिटिस कलेजमा २० लाख रुपैयाँ सम्मको छात्रवृत्ति प्राप्त गर्ने छ। प्रतियोगितामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकबाट नगद पुरस्कार १ लाख सहित विभिन्न उपहार पाउने छन् ।
फस्ट रनर अप तथा सकेण्ड रनरअपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सम्पूर्ण सहभागिताले पहिलो वर्षका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
पूर्व मिस नेपाल उषा खड्की, नायक सलोन बस्नेत, नायक सलिनमान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायतका निर्णयक मण्डलले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत विजेता छनोट गर्नेछन्।
प्रतियोगितामा १६ देखी २१ वर्षका युवाले सहभागिता जनाउन सक्नेछन्।
Shares

प्रतिक्रिया