बलिउड फिल्म ‘इमर्जेन्सी’को पोस्टर सार्वजनिक भएको छ।
बलिउडमा निक्कै प्रतीक्षित मानिएको यो फिल्ममा अभिनेत्री कंगना रनौत शीर्ष भूमिकामा देखिने छिन्।
फिल्मको पोस्टरमा उनलाई भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी ल्क्समा प्रस्तुत गरिएको छ।
फिल्मको पोस्टर सार्वजनिक गर्दै कंगनाले लेखेकी छिन् ‘इमर्जेन्सीको फष्टलुक सार्वजनिक गर्दैछु।
संसारकै शक्तिशाली र विवादित महिलाको भूमिकामा चित्रण भएकी छु। इमर्जेन्सीको छायांकन चाँडै सुरु हुँदैछ।’
सन् २०२३ मा रिलिज गर्ने भनिएको यो फिल्म कंगना आफैंले निर्देशन गदैछिन्।
फिल्मको भिडियो टिजर पनि रिलिज गरिएको छ। टिजर मा एक पुरुषले कार्यकक्षमा रहेकी महिलालाई म्याडम भनेर सम्बोधन गर्छन र उनीसँग अमेरिकी राष्ट्रपतिले कुरा गर्न चाहेको सन्देश दिन्छन्।
कार्यकक्षको महिला भूमिकामा देखिएकी कंगनाले भन्छिन् ‘अमेरिकी राष्टपतिलाई भन्दिनु की मेरो अफिसमा सबैले मलाई म्याडम होइन सर भनेर बोलाउँछन्।’ कंगनाको टिजर संवादले अहिले चर्चा पाइरहेको छ।
Shares

प्रतिक्रिया