यस वर्षको मिस नेपाल अर्थको उपाधि हाँसिल गरेकी सरिशा श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गरेकी छिन्।
पेशाले चिकित्सक रहेकी श्रेष्ठले रोगविज्ञान (प्याथोलोजी)मा स्वर्ण पदक प्राप्त गरेकी हुन्।
सरिशाले स्वर्ण पदक प्राप्त गरेपछि मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विज्ञप्ति निकालेको छ।
विज्ञप्तिमा सरिशाले गोल्ड मेडल प्राप्त गरेको जानकारी दिएको छ।
यस वर्षको मिस नेपाल अर्थको उपाधि जितेकी सरिशा निकट भविष्यमा मिस अर्थमा प्रतिस्पर्धा जनाउने जाँदैछिन्।
उक्त प्रतिस्पर्धामा नेपालको जलवायुको मुद्दालाई उठाउने सरिशाको तयारी छ।
पढाइमा अब्बल सरिशाको भविष्यको योजना वातावरण क्षेत्रमा काम गर्ने रहेको छ।
171
Shares

प्रतिक्रिया