कला


अक्षयकुमारको ‘वेलकम टु द जंगल’ ले हालसम्म कति कमायो?

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ ले हालसम्म कति कमायो?

नेपालखबर
असार १८, २०८३ बिहिबार १४:१९, काठमाडौँ

अक्षयकुमार अभिनीत बलिउड फिल्म ‘वेलकम टु द जंगल’ ले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। यस फिल्मले ६ दिनसम्म भारतभर ८७.६५ करोड नेट भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

त्यसै गरी, विश्वभरि भने फिल्मको व्यापार १२९.३७ करोड ग्रस भारु पुगेको छ। बुधबार मात्रै यस फिल्मले ६.१५ करोड रुपैयाँ नेट कमाएको छ। शनिबारसम्म फिल्मले घरेलु बक्सअफिसमा एक सय करोडको आँकडा पार गर्ने निश्चित छ।

‘वेलकम टु द जंगल’ अक्षय कुमारको करियरको २० औँ फिल्म हो जसले भारतीय बक्स अफिसमा १०० करोड रुपैयाँको आँकडा पार गरेको छ।  जसले बलिउडको ‘फ्रेन्चाइज किङ’ को रूपमा उनको प्रतिष्ठालाई अझ बलियो बनाएको छ।

गत शुक्रबारदेखि रिलिज भएको बलिउड फिल्म ‘वेलकम टु द जंगल’ लोकप्रिय ‘वेलकम’ शृंखलाको तेस्रो भाग हो। यस फिल्मलाई अहमद खानले निर्देशन गरेका छन्।

भारतीय मिडियासँग निर्देशक खानले फिल्म १२५ करोड रुपैयाँको बजेटमा बनेको दाबी गरेका थिए।

फिल्ममा अक्षय कुमारसँगै, रविना टन्डन, सुनील शेट्टी, दिशा पटानी, ज्याकलिन फर्नान्डिज, अरशद वारसी, ज्याकी श्राफ, परेश रावल, लारा दत्ता, फरीदा जलाल, जोनी लिभर, श्रेयस तलपडे, तुषार कपूर, दलाल कृषक, राजकुमार कृषक, राजकुमार लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad