बलिउड फिल्म ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ। यो फिल्म असार १९ गतेदेखि नेपालमा प्रदर्शन हुन लागेको हो।
फिल्मका कलाकारले प्रचारप्रसारको क्रममा नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको जानकारी दिएका हुन्। कलाकार हुमा कुरेशी र चंकी पाण्डेले एक भिडिओमार्फत नेपालमा प्रदर्शन हुन लागेको र टिकट बुकिङ खुलिसकेको जानकारी दिए।
साकिब सलीमले निर्माण गरेको सिनेमा सिंहदेवी प्रोडक्सनले नेपालमा वितरण गर्न लागेको हो।
केही हलमा सिनेमाको टिकट बुकिङ खुलाइएको छ।
देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्स सिनेमाजले राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा सो खुलाएको छन्।
एक्सन र थ्रिलर जनरामा बनेको सिनेमाका निर्देशक नचिकेत सामन्त हुन्। निर्माण टिमकाअनुसार सिनेमा बेबी नामकी एक रहस्यमय महिलाको कथामा आधारित छ।
उनी बाहिरबाट साधारण जीवन जिउँछिन् तर भित्रभित्रै उनी अन्डरवर्ल्डसँग जोडिएर हिंसात्मक र खतरनाक आपराधिक क्रियाकलापमा सहभागी हुन्छिन्।
यस फिल्ममा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाहलगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया