कला


‘प्रेम गीत ३’ ले रेकर्ड ब्रेक गर्ने दाबी

‘प्रेम गीत ३’ ले रेकर्ड ब्रेक गर्ने दाबी

नेपालखबर
साउन ३, २०७९ मंगलबार ९:५९, काठमाडौँ

चलचित्र ‘कबड्डी ४’ ले नेपाली फिल्म उद्योगमा प्रदर्शनको ५१ दिन मनायो। नेपाली फिल्मले प्रदर्शनको ५१ दिन पूरा गरेको लामो समयपछि हो। ‘कबड्डी ४’ले घरेलु बक्स अफिसका अहिलेसम्मकै सबै रेकर्ड ब्रेक गर्यो। त्यसैले पनि फिल्मको चर्चा अहिलेसम्म सेलाएको छैन। 

‘कबड्डी ४’पछि पनि थुप्रै फिल्म प्रदर्शनमा आए। तर त्यसपछिका कुनै पनि फिल्मले लगानी सुरक्षित गर्न सकेका छैनन्। कतिपय फिल्म त पोस्टरमा गरेको लगानी पनि नउठाउँदै हलबाट बाहिरिए।

फिल्म उद्योगले आशा गरेको र दर्शकले पनि प्रतीक्षा गरेको फिल्म ‘प्रेम गीत ३’ आगामी असोज ७ गतेदेखि प्रदर्शन गरिँदै छ। यो फिल्मको शीर्ष भूमिका निर्वाह गरेका प्रदीप खड्काको आफ्नै दाबी छ। उनले आफ्नो फिल्मले ‘कबड्डी ४’ले बनाएका सबै रेकर्ड ब्रेक गर्ने दाबी गरेका छन्। 

हिन्दी भाषमा समेत डबिङ गरिएके फिल्मप्रति निर्माण टिम उत्साहित छ। दसैंको छेको पारेर प्रदर्शन गर्न लागिएको आफ्नो फिल्मप्रति  प्रदीप उत्साहित नहुने कुरै भएन। यो फिल्मले २३ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने दाबी प्रदीपको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad