अभिनेत्री बेनिशा हमाल फिल्म उद्योगको नयाँ बाटोमा देखिने भएकी छिन्।
अभिनयमा जमेकी बेनिशा अब निर्देशकका रुपमा देखिने तयारीमा छिन्। उनले सर्ट मुभी ‘मिसिङ ब्राइड’ मार्फत निर्देशकीय यात्रा सुरु गरेकी हुन्।
बेनिशाको सर्ट फिल्म ‘मिसिङ ब्राइड’मा अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा देखिने छिन्। वर्षाका साथमा विवेक सिंह ठकुरी पनि मुख्य भूमिकामा देखिने छिन्।
‘मिसिङ ब्राइड’को कथा बेनिशा आफैंले लेखेकी हुन्। केदार भुसाल कार्यकारी निर्मा रहेको ‘मिसिङ ब्राइड’को पहिलो पोस्टर सार्वजनिक गर्दै बेनिशाले फिल्मको कथा भने गोप्य रोखेकी छन्।
राम श्रेष्ठको छायांकन रहेको ‘मिसिङ ब्राइड’को दृश्य सम्पादन प्रविन श्रेष्ठले गरेका छन्।
144
Shares

प्रतिक्रिया