दीया पुनको मुख्य भूमिकामा रहने नेपाली फिल्म ‘अन्तिम संस्कार’मा विजय लामा जोडिएका छन्।
केही समयदेखि चर्चामा रहेको यो फिल्मको शीर्षक औपचारिक रुपमा आजै सार्वजनिक भएको हो। फिल्मको शीर्षकसहित निर्माण टिमले लोगो पोस्टर पनि सार्वजनिक गरेको छ।

दीयाले इन्स्टाग्राममार्फत पोस्टर सार्वजनिक गर्दै फिल्मको कथा सार पनि भनेकी छन्।
हराएको फिल्म निर्माता खोज्न निस्किएको जँड्याहा प्रहरी अधिकृतको टोली र उक्त खोजीका क्रममा आइलाग्ने हिमाली परम्परागत संस्कारको वरिपरी फिल्मको कथा घुम्ने दियाले बताएकी छन्।
फिल्ममा प्रदीप शाहीको पटकथा तथा निर्देशन रहनेछ। दीया र विजयका साथमा एवनराज उप्रेती र त्रिचु राईले शीर्ष भूमिकामा रहेर अभिनय गर्ने छन्।
99
Shares

प्रतिक्रिया