रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त हुने भएका छन्।
हिजो बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपनि यसको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन्।
केसीसँगै अध्यक्ष बन्ने दौडमा अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनिलकुमार पोखरेल र सुष्मा कार्की रहेका थिए।
केसी नियुक्तिको खबरले अध्यक्षको दौडमा रहेका कतिपयले आलोचना गरिरहेका छन्।
स्थानीय निर्वाचन अघि मात्रै एकले छोडेर कांग्रेसमा प्रवेश गरेका थिए।
भुवनसँगै अरुणकुमार प्रधान र सम्झना रौनियार उप्रेती अध्यक्षको बलियो सम्भावना देखिएको थियो।
108
Shares

प्रतिक्रिया