कला


बेनिशा हमाललाई गाडी पार्किङमा दीपकराजले राखेको त्यो प्रस्ताव

बेनिशा हमाललाई गाडी पार्किङमा दीपकराजले राखेको त्यो प्रस्ताव

नेपालखबर
साउन १०, २०७९ मंगलबार ९:४३, काठमाडौँ

कलाकार दीपकराज गिरी आफ्नो नयाँ फिल्म 'छक्का पन्जा ४' सुटिङका लागि फ्लोरमा निस्किएका छन्।

दीपकराज गिरीले यो फिल्मको शीर्ष भूमिकामा बेनिशा हमाललाई लिए।

दीपकले फिल्मको सुभसाइत नै बेनिशाको जन्मदिनको अवसर पारेर गरे।

दीपकले यो फिल्मका लागि बेनिशालाई पहिलो प्रस्ताव गाडी पार्किङमा स्थलमा राखेका थिए। 

एक फिल्मको प्रिमियर शो मा पुगेकी बेनिशालाई गिरीले 'असारमा समय मिलाउ है' भनेका थिए। त्यतिबेला बेनिशाले केको लागि समय मिलाउन भनेको भनेर बुझेकी थिइनन्। 

त्यसपछि लामो समय बेनिशा र दीपकको कुरा भएन।

एकदिन दीपाश्रीले फोन गरेर अब काम गर्नु पर्छ भनेपछि बेनिशाले गाडी पार्किङमा स्थलमा राखेको त्यो प्रस्ताव सम्झना गरेकी थिइन। बेनिशा भन्छिन् ‘दीपा दिदीले फोन गरेर दीपकसँग एक चरण कुरा त भयो होला भन्नुभयो। 

त्यसपछि मैले बुझेँ पार्किङमा भएको कुराकानी एक चरणको रहेछ।’ बेनिशाले दीपक–दीपासँग काम गर्न पहिलादेखिनै मन भएको बताएकी छिन्।

फिल्मको शीर्ष भूमिकामा अभिनय गर्न पाउँदा बेनिशा निक्कै उत्साहित देखिएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad