‘भिर्नी झोलामा’की गायिका सरस्वती लामिछानेको नयाँ तीजगीत सार्वजनिक भएको छ।
‘मन भयो दोधार’ बोलको गीतको म्युजिक भिडियो गायिका लामिछानेको आधिकारिक युट्युब च्यानल सरस्वती लामिछानेमार्फत सार्वजनिक भएको हो।
गीतमा गायिका लामिछानेलाई चर्चित गायक पशुपति शर्माले साथ दिएका छन्। शिव अँखेलीको शब्द र संगीत रहेको गीतको एरेन्ज एचबीएन किस्मतले गरेका हुन् ।
गीतमा ग्रामीण जीवन श्रीमान–श्रीमतीबीचको मायाप्रेम, झगडा त्यसले परिवारमा पारेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गरिएको छ ।
गीतको म्युजिक भिडियोमा लोमश शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ। कुमार केसीले निर्देशन गरेको भिडियो छायाँकन अजय रेग्मी, कोरियोग्रनफी प्रशान्त मगर र सम्पादन विकास ज्ञवालीले गरेका छन्।
लामिछानेले यसअघि धेरै गीतहरु बजारमा ल्याइसकेकी छिन्।
Shares

प्रतिक्रिया