नेपाली फिल्म ‘प्रेम गीत ३’का पोष्टरले भारतका सहर रंगिएका छन्।
सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको यो फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा छ।
फिल्मको प्रचारका क्रममा बलिउड फिल्मका पोष्टर टाँगिने मुम्बईका होडिङबोर्डमा नेपाली फिल्मको पोष्टर देखिएको हो।
यतिबेला फिल्म प्रचारका लागि सेन मुम्बई पुगेका छन्।
आफ्नो फिल्म प्रचारका क्रममा सेनले भनेका छन्, ‘नेपालीपन बोकेर भारतका विभिन्न सहरमा नेपाली फिल्म पुग्ने बाटो खुलेको छ।’ मुम्बई सपनाको शहर रहेको बताउँदै सेनले सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपाली स्वाद चखाउने गरी पुग्दैछौँ। मुम्बई सपनाको सहर हो। दिनरात जाग्राम रहने मुम्बई हामीहरूको सपना पूरा गर्ने शहर पनि हो।’
बलिउड र हलिउड फिल्मका पोष्टर टाँसिने स्थानमा आफ्नो फिल्मको पोष्टर देखेपछि सेन निकै खुशी भएका छन्।
उनले यो सामान्य पहलबाट सम्भव नहुने बताएका छन्।
आफ्नो फिल्म भएकाले नबकिएको उल्लेख गर्दै उनले यो विषय आम नेपालीका लागि खुशी र गौरवको कुरा रहेको बताएका छन्।
यो फिल्म आगामी सेप्टेम्बर २३ बाट प्रदर्शन हुँदैछ।
Shares
प्रतिक्रिया