नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’ रिलिजको तयारीमा छ। आगामी असोज प्रदर्शन हुने फिल्मको प्रचार सुरु गरिएको छ।
प्रचार सुरु नहुँदै यो फिल्मले लगानी उठाइसकेको निर्माता तथा निर्देशक रायमाझीले बताएका छन्। यो फिल्मले विदेश राइट्स बेचेर लगानी उठाएको उनको भनाई छ।
ठूलो बजेटमा बनेको ‘परदेशी २’ नेपाली फिल्म उद्योगको प्रतीक्षित फिल्म हो। रायमाझीले यसअघि निर्देशन गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ ब्लकबस्टर भएका थिए। यो फिल्म ‘परदेशी’को सिक्वेल हो।
उद्योगमा सफल फिलम दिएका रायमाझीको फिल्म भएकाले पनि प्रतीक्षित बनेको छ। ‘परदेशी २’मा युवापुस्ताको अमेरिका मोह देखाउने प्रयत्न गरेका रायमाझीले यो फिल्म मार्फत प्रकाश सपुतलाई नायकका रुपमा उद्योगमा भित्र्याएका छन्। गायनमा बेग्लै पहिचान बनाएका प्रकाशका कारण पनि फिल्म प्रतीक्षित बनेको छ।
प्रकाशले पनि फिल्म प्रचारका लागि आफ्ना सबै खाले सिर्जनात्मक कामलाई थाती राखेमा छन्। यो फिल्ममा अभिनय गरेपछि प्रकाशलाई फिल्मको अफर आउँने क्रम रोकिएको छैन।
प्रकाश अन्य फिलम साइनका लागि ‘परदेशी २’को प्रदर्शन कुरिरहेका छन्। यो फिल्म हेरेर दर्शकले दिएको प्रतिकृया हेरेर अन्य फिल्ममा काम गर्ने प्रकाशको योजना छ। ‘परदेशी २’बाट नायक बन्ने तयारीमा रहेका प्रकाशसँगै प्रकाशले फिल्मप्रति देखाएको अपनत्वका कारण रायमाझी निक्कै खुशी देखिन्छन्।
थुप्रै फिल्मले बक्स अफिसमा लगानी उठाउन नसकिरहेका बेला आफ्नो फिल्मले प्रदर्शन अगावै लगानी उठाउँदा रायमाझी ढुक्क देखिएका छन्। फिल्म प्रचारका क्रममा रायमाझीले यसै साता फिल्मको गीत रिलिज गरेका छन्।
Shares

प्रतिक्रिया