फिल्म उद्योगमा पछिल्लो समय नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको राम्रै चर्चा छ। यो जोडीले अभिनय गरेको फिल्म ‘कृष्णलीला’ प्रदर्शनको तयारीमा छ।
भदौ ३ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्मको सार्वजनिक सामग्रीले यो जोडीको चर्चा बढेको हाे।

फिल्म उद्योग पुष्प र श्रद्धा प्रेममा रहेको गसिपले तात्न सुरु गरिसक्यो। तर उनीहरुले आफूहरु राम्रो साथी मात्रै रहेको जिकिर गरिरहेका छन्।
‘कृष्णलीला’को प्रचार राम्रै देखिन्छ। यो फिल्मका २ गीत र ट्रेलर सार्वजनिक भए। सार्वजनिक दुवै गीतले राम्रो चर्चा पाएका छन्। ट्रेलर हेरेर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। जसले पुष्प र श्रद्धाको जोडीलाई फाइदा पुराएको छ।
उद्योगमा राम्रै चर्चा देखिएपछि पुष्प र श्रद्धाको जोडीलाई आफ्नो फिल्मका लागि केही निर्माताले अफर गरेका छन्। निर्माताले अफर गरे पनि अहिलेको प्राथमिकता ‘कृष्णलीला’ भएकाले यो फिल्मको रिलिजपछि मात्रै अन्य फिल्मका बारेमा निर्णय गर्ने पुष्पको भनाइ छ।
फिल्म नचल्दै दर्शकले आफ्नो जोडीलाई मन पराएकोमा श्रद्धाले खुशी व्यक्त गरिन्।
Shares

प्रतिक्रिया