नेपाली फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ। आगामी असोज २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलरमा दयाहाङ राई र सौगात मल्लको मित्रता देखाउन खोजिएको छ।
उपासना सिंह ठकुरी र उगेन छोदेनसँग सौगात र दयाको प्रेम पनि ट्रेलरमा देख्न सकिन्छ। उपासना र सौगातबिचको संवाद निक्कै रोचक रुपमा प्रस्तुत गरिएको छ।
यो फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा लगायतका कलाकारले पनि अभिनय गरेका छन्।
यो फिल्मको लगानीकर्ता दीपक मनाङ्गे हुन। दीपकसँग फिल्म निर्माणमा अमलादेवी राई र जयश श्रेष्ठले सहकार्य गरेका छन्।
138
Shares

प्रतिक्रिया