चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अध्यक्षमा नियुक्ति हुन योग्यता नपुग्ने भन्दै उनीविरुद्ध नरेशकुमार पौडेललगायतले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट दर्ता भएको पुष्टि गरे।
प्रवक्ता पौडेलले भुवन केसीसँगै प्रतिस्पर्धामा रहेका व्यक्तिले मुद्दा दर्ता गराएको बताए।
उनले यो रिटमाथिको सुनुवाइ आगामी सोमबार हुने पनि जानकारी दिए।
केही समयअघि मात्रै मन्त्रिपरिषद्को निर्णयबाट केसी चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त भएका थिए।
एकजना नायिकाले यौन हिंसा आरोप लगाएको अवस्थामा केसीलाई बोर्ड अध्यक्ष बनाइएको भन्दै विरोध पनि भएको थियो।
साउन २६, २०७९, बिहीबार
201
Shares
प्रतिक्रिया