ad ad

कला


अन्तरविद्यालय नृत्य प्रतियोगितामा आकाशदीप प्रथम, फेरिल्याण्ड दोस्रो

अन्तरविद्यालय नृत्य प्रतियोगितामा आकाशदीप प्रथम, फेरिल्याण्ड दोस्रो

नेपालखबर
साउन २७, २०७९ शुक्रबार २१:४८, काठमाडौँ

काठमाडौं उपत्यकास्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगितामा जोरपाटीस्थित दक्षिण ढोकामा रहेको आकाशदीप स्कुल प्रथम भएको छ। 

प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानीमा अवस्थित फेरिल्याण्ड इन्टरनेशनल स्कुल दोस्रो भएको छ। यस्तै, कपनकै जोसेफ हाइस्कुलले तेस्रो स्थान हात पार्न सफल भएको छ।

नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको अवसरमा भएको सो प्रतियोगितामा प्रथम चरणमा करिब २०० विद्यालयहरुको सहभागिता रहेको थियो भने ३९ विद्यालय अन्तिम चरणमा पुग्न सफल भएका थिए। 

प्रतियोगिता गोकर्णेश्वर नगरपालिका ५, नयाँ बस्तीमा रहेको टाइमलाइन स्कुलमा सञ्चालन गरिको थियो। 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले प्रतियोगिताका विजेता विद्यालय र विद्यार्थीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .