ad ad

कला


‘परदेशी २’ को प्रदर्शन मिति सर्‍यो

‘परदेशी २’ को प्रदर्शन मिति सर्‍यो

नेपालखबर
साउन २९, २०७९ आइतबार ७:४५, काठमाडौँ

नेपाली फिल्म ‘परदेशी २’को प्रदर्शन मिति सरेको छ। असोज १४ का लागि प्रदर्शन मिति तय गरेर प्रचार सुरु गरेको फिल्म युनिटले नयाँ मिति तय गरेको छ। अब यो फिल्म फागुनमा ५ मा रिलिज हुने भएको छ।

नारायण रायमाझीले निर्देशन गरेको यो फिल्ममा प्रकाश सपुत र केकी अधिकारीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्म निर्माता राजेश वंशलले वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरुसँगको सल्लाहमा चलचित्रलाई फागुनमा सारिएको बताएका छन्।

फिल्मको प्राविधिक काम बाँकी नै रहेकाले र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले असोजबाट फागुनमा सरको निर्देशक रायमाझीले बताए। 

निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छाैँ।’ 

यो फिल्ममा केकी र प्रकाशका साथमा प्रशान्त तामाङ्, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन्। प्रकाश यहि फिल्म मार्फत ठूलो पर्दामा डेब्यु गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .