ad ad

कला


बलिउडकी १ नम्बर नायिका

बलिउडकी १ नम्बर नायिका

दीपिका पादुकोण


नेपालखबर
साउन २९, २०७९ आइतबार ८:२३, काठमाडौँ

बलिउड अभिनेत्री दीपिका पादुकोण भारतीय अभिनेत्रीमध्ये नम्बर १ मा परेकी छन्। भारतमा हालै एक संस्थाले गरेको सर्वेक्षणमा दीपिका १ नम्बरमा परेकी हुन्।

सर्वेक्षणमा बलिउडका थुप्रै अभिनेत्रीलाई सहभागी गराइएको थियो। 

सर्वेक्षणले दोस्रो नम्बरमा कैटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौ नम्बरमा कंगना रानावतलाई देखाएको छ। 

बलिउडमा दीपिकाको सुन्दरता र अभिनयको निकै प्रशंसा हुने गरेको छ। बलिउडमा १५ वर्ष बिताएकी दीपिका दर्शकसामु लोकप्रिय छिन्।

उनले थुप्रै नयाँ फिल्ममा काम गरिरहेकी छन्।साहरुख खानको ‘पठान’, ऋतिक रोशनको ‘फाइटर’ लगायतका फिल्ममा दीपिका ऋतिकसँग पहिलो पटक जोडीका रुपमा पर्दामा देखिने तयारीमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .