बलिउड अभिनेता सलमान खानको डेब्यु तेलुगु फिल्म ‘गड फादर’को टिजर सार्वजनिक गरिएको छ। जसमा दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले पनि अभिनय गरेका छन्।
अभिनेता चिरञ्जीवीको जन्मदिनको अवसर पारेर सोमबार टिजर सार्वजनिक गरिएको हो।
जसमा अभिनेता चिरञ्जीवीलाई गड फादरका रूपमा प्रस्तुत गरिएको छ। यो मलयालम फिल्म ‘लुसिफर’को रिमेक हो। यो फिल्ममार्फत सलमान तेलुगु फिल्ममा डेब्यु गर्दैछन्।
मोहन राजाले निर्देशन गरेको फिल्ममा चिरञ्जीवी र सलमानसँगै नयनतारा, सत्यदेव कन्चरणलगायत कलाकारको अभिनय छ।
फिल्म ‘गड फादर’ अक्टोबर ५ अर्थात् असोज १९ गतेदेखि प्रदर्शन हुँदै छ।
195
Shares

प्रतिक्रिया