आफ्नो फिल्म चलाउन अनेक फण्डा गर्ने अभिनेत्री हुन पूजा शर्मा।
फिल्म प्रदर्शनको समयमा पूजा रुन्छिन्, हाँस्छिन्, प्रेम–वियोग दुवैमा पर्छिन्। फिल्म उद्योगमा उनलाई रोएर फिल्म चलाउने नायिका भनेर निक्कै गसिप पनि भयो।
यहि गसिपका बिचमा केही समयअघि पूजाले आँसुले फिल्म चल्ने भए अरुले पनि चलाउन् भनेर च्यालेन्ज समेत दिएकी थिइन्।
अब भने उनले रोएर फिल्म नचलाउने भएकी छन्। आफ्नै लगानी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन ताका रोएर फिल्म चलाउने नायिकाका रुपमा गसिपको सिकार भएकी पूजाको अर्को फिल्म भदौ १७ बाट प्रदर्शनमा आउँदैछ।
फिल्म ‘सम्हालिन्छ कहिले मन’को प्रचारका क्रममा पूजाले नरोएरै फिल्म चलाउने दाबी गरेकी हुन्।
पूजाले ‘म यस्तो गीत गाउँछु २’ ताका पनि फिल्म चलाउन नरोएको बताइन्। निर्देशक सुदर्शन थापाले पनि पूजाको समर्थनमा उक्त फिल्म प्रदर्शनको समयमा पूजा किन रोएकी थिइन् भनेर सबैलाई थाहा भएको बताए।
सुदर्शनले भने ‘फिल्म नचलेर निर्माता रोइरहेका छन्, कलाकार रोएर फिल्म चल्ने भए रोएर चलाए भैहाल्यो नि।’
फिल्मलाई लिएर कलाकारले हल्ला गर्न फिल्मनै राम्रो हुन पर्नेमा पूजा र सुदर्शनको एक स्वर सुनियो। फिल्म फण्डाले नभै कन्टेन्टले चल्नेमा उनीहरु सहमत छन्।
Shares

प्रतिक्रिया