कला


सुरक्षाको ‘बुलाकी’ प्रदर्शन मिति ४ महिना पर सारियो

सुरक्षाको ‘बुलाकी’ प्रदर्शन मिति ४ महिना पर सारियो

नेपालखबर
भदौ ८, २०७९ बुधबार १०:४३, काठमाडौँ

अभिनेत्री सुरक्षा पन्तको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति ४  महिना पर सरेको छ।  कात्तिक १८ लाई प्रदर्शन मिति तय गरेर प्रचार थालेको फिल्मको प्रदर्शन फागुनलाई सारिएको हाे। 

प्रदर्शन मिति तय गरे पनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका कारण फिल्ममा असर गर्ने भन्दै निर्माण टिमले प्रदर्शन मिति फागुनमा पुर्याइएको हो। ‘बुलाकी’ अब फागुन १९ गते प्रदर्शन हुनेछ।

देश चुनावमा होमिएका बेला सचेत नागरिकको हैसियतले निर्वाचमा सहभागी हुनुपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेको निर्माता टोपेन्द्र विष्टले बताए। उनी भन्छन् ‘चुनावको माहाेलमा आम मानिसमा इन्टरटेन्मेन्ट मुड नहुने पाएकाले पनि फिल्म सारेका हौँ।’

लक्ष्मण सुनारले निर्देशन गरेको फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरिएको हो। पहिलो पोस्टरबाटै चर्चा बटुल्न सफल यो फिल्ममा सुरक्षासँगै नरेन खड्का र विराज भट्टले शीर्ष भूमिका निर्वाह गरेका छन्। 

कर्णाली भेगको जनजीवन र प्रथामा केन्द्रित भएर निर्माण गरिएको ‘बुलाकी’को दृश्य शिव ढकालले खिचेका हुन्। अजुर्न जिसीको सम्पादन रहेको फिल्मलाई  गोपाल कायस्थ र एफडीले वितरण गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad