कला


संगीतकार संघमा चेतनको नेतृत्व

संगीतकार संघमा चेतनको नेतृत्व

नेपालखबर
भदौ १९, २०७९ आइतबार ९:३५, काठमाडौँ

संगीतकार चेतन सापकोटाले संगीतकार संघ नेपालको नेतृत्व गर्ने भएका छन्।

काठमाडौंमा शनिबार सम्पन्न ११ औँ साधारण सभाले सापकोटालाई अध्यक्ष पदका लागि चयन गरेको हो। उनको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन भएको छ।

संघको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन्। 

यस्तै महासचिवमा बसन्त सापकोटा, सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा चयन हुँदा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा सदस्यमा चयन भएका छन्। 

अध्यक्ष चयन भएपछि सापकोटाले संगीतकार कल्याणकारी कोषको वृद्धिको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

उनले भने ‘श्रष्टाहरुलाई आर्थिक संकटका कारण स्वास्थ्य उपचार लगायतका समस्या आइनपरोस् भनेर हामीले संगीतकर्मी कल्याणकारी कोष बनाएका छौं, सोही कोषबाट हामीले दीप श्रेष्ठलाई २ लाख रुपैयाँ सहयोग पनि गयौं।’ अन्य स्रष्टालाई पनि यसैगरी सहयोग गर्दै जाने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad