कला


बुवाआमा बन्दै सुदर्शन–सुप्रिया

बुवाआमा बन्दै सुदर्शन–सुप्रिया

नेपालखबर
भदौ १९, २०७९ आइतबार १०:५३, काठमाडौँ

निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल आमा–बुवा बन्ने भएका छन्। केहि समय अघि वैवाहिक जविनमा बाँधिएका सुदर्शन–सुप्रिया अहिले शुभचिन्तकको बधाई ग्रहण गरिरहेका छन्।

सुदर्शन र सुप्रियाले औपचारिक रुपमा आमा–बाबु बन्न लागेको सार्वजनिक गरेका छैनन्।

तर सुप्रियाको बेबी बम्प देखिएको एक तस्बिर सार्वजनिक भएपछि उनीहरुलाई सबैले बधाई दिइरहेका छन्। प्रतिकृयामा सुप्रियाले धन्यबाद फर्काइरहेकी छिन्। 

लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका सुदर्शन–सुप्रिया विवाहको छोटो समयमै आमा–बाबु बन्ने तयारीमा छन्। 

अहिले सुदर्शनले निर्देशन गरेको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन भैरहेको छ। यहि फिल्म प्रचारका क्रममा चोभार पुगेको प्रमोसन टिमसँग हिडेकी सुप्रियाले त्यहिबाट आफ्नो बेबी सहितको तस्बिर सार्वजनिक गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad