कला


मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले असोज ९ मा

मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले असोज ९ मा

नेपालखबर
भदौ २०, २०७९ सोमबार १७:३६, काठमाडौँ

सेञ्चुरी मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले आगामी असोज ९ गते हुने भएको छ।

काठमाडौं जेसिजले सन् २००२ देखि गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरुबीच उपाधि भिडन्त हुनेछ। 

आयोजक काठमाडौं जेसिजका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरुको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तिकरणको लक्ष्यसहित मिस टिन नेपालको हुन लागेको हो। 

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनुवारले सेञ्चुरी मिस टिन नेपाल एक सौन्दर्य प्रतियोगितामात्रै नभएर महिला सशिक्तकरणका पक्षमा पैरवी गर्ने मञ्चसमेत रहेको बताए । 

प्रतियोगिताको अडिसन राउण्डमा सहभागी ५० मध्ये २० जना ग्राण्ड फिनालेका लागि चुनिएका हुन्। 

प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्नेछिन्।

उनले प्रतियोगिताका सहभागिहरुलाई राम्री बन्न र बोल्नमात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रुपमा सहभागिहरुको क्षमता विकास गराइने बताइन्। 

प्रतियोगिको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतिक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई रहेका छन्। 

प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्डहरु राखिएका छन्। 

१६ देखि १९ वर्षसम्म किशोरीहरु प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ। एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ। 

आयोजकका अनुसार मिस टिन २०२२ को भोटिङ पाटर्नरमा खल्ती, डिजिटल पाटर्नरमा केटिएम रुस, फुड पाटर्नरमा द बर्गर हाउस, फेसन पाटर्नरमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, यचु बुटिक र नीर्तिज डिजाइन रहेका छन्।  

प्रतियोगिताका विजेताहरुलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्ने लगायत अवसर प्राप्त हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad