आज सिनेमा हलमा दुई नेपाली र दुई विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’सँगै बलिउड फिल्म ‘ब्रह्मास्त्र’ तथा दक्षिण भारतीय फिल्म ‘सीता रमम’ रिलिज भएका हुन्।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको ‘ऐना झ्यालको पुतली’ले स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोध भन्ने छ। यो फिल्ममा सिरु विष्ट, कञ्चन चिमोरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, मल्लिका श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्।

आजैबाट प्रदर्शनमा आएको ‘गोर्खा बिनिथ द ब्रेभरी’ पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित छ। कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई फिल्ममा प्रस्तुत गरिएको छ।
प्रदीप शाहीले निर्देशन गरेको यो फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतका कलाकारले अभिनय गरेका छन्।
बलिउड रियल कपल रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ आजैबाट विश्वभर प्रदर्शनमा आएको छ। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो।
अयान मुखर्जीले निर्देशन गरेको यो फिल्ममा रणवीर र अलियाका साथमा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय लगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडसहित ५ भाषामा प्रदर्शन भएको छ।
त्यस्तै आजैबाट प्रदर्शनमा आएको ‘सीता रमम’ राघवपुडीले निर्देशन गरेको फिल्म हो। याे फिल्ममा दुलकर सलमान, मृणाल ठाकुर र रश्मिका मन्डनाले मुख्य भूमिकामा रहेर अभिनय गरेका छन्।
आज प्रदर्शनमा आएका नेपाली फिल्मलाई भन्दा ‘ब्रह्मास्त्र’लाई मल्टिप्लेक्स हलहरुले उच्च शो दिएका छन्।
Shares

प्रतिक्रिया