कला


महजोडीको महापुरुषबाट बाहिरियो ‘बेमौसमी गीत’

महजोडीको महापुरुषबाट बाहिरियो ‘बेमौसमी गीत’

नेपालखबर
असोज ५, २०७९ बुधबार ७:२४, काठमाडौँ

आउँदो कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीत हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन्।

गीतमा राम अविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ। प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ। विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। 

कार्यक्रममा बोल्दै अभिनेता हरिवंश आचार्यले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताएका छन्। ‘अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन्।

यो फिल्मले दर्शकलाई पूर्ण मनोरंजन दिनेछ’ कलाकार आचार्यले भने। उनले फिल्म पारिवारिक ड्रामा रहेको बताए। सार्वजनिक गीतमा हरिवंशले गौरीसँग अनस्क्रिन रोमान्स गरेका छन्। 

उनीहरु प्रेमभाव गीतमा देख्न सकिन्छ। ‘गीत छायांकन गर्दा धेरै रमाईलो भयो। यो अव्यक्त हाम्रो उमेर समुहको व्यक्तिको कथा पनि भन्न सकिन्छ। केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले भन्न सक्नु हुदैन। यो कथाले हरेकलाई छुन्छ’ अभिनेता आचार्यले भने। गीतमा बा र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको निर्देशक प्रदीप भट्टराईले बताए। 

‘हामीले यसमा समाजको गम्भीर विषयवस्तुलाई सरल किसमले प्रस्तुत गरेका छौँ। अघिल्लो फिल्मको तुलनामा यहाँसम्म आइपुग्दा झनै दायित्व बोध भएको छ’ उनले भने। ‘लोभीपापी’ पश्चात दोस्रो पटक स्क्रिन सेयर गरेको गौरीले बताइन्। ’यसमा हामीले गरेको मेहनत विस्तारै देखिएला। तर मैले नयाँ कुराहेरु सिक्न पाएँ। गीतले थोरै हिन्ट गरेको छ’ उनले भनिन्। 

यसै फिल्म मार्फत डेब्यु गर्ने तयारीमा रहेका अरुण क्षेत्रीले राम्रो टिमसँग जोडिएर डेब्यु गर्न पाएको बताए। ‘उहाँहरुको उर्जाले मलाई निकै हेल्प गरेको छ। गीतमा काम गर्दा निकै रमाइलो भयो। केही अगाडि मात्र छायांकन गरिएको गीत कथाअनुसार नै अगाडी बढ्छ’ अरुणले भने। डेब्यु गर्ल अञ्जनाले पनि यस टिमसँग सहकार्य हुँदा निकै खुसि लागेको बताइन।

‘यो टिमले मलाई यस उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ। यो मेरो लागि फिल्म क्षेत्रमा आउनु अगाडिको स्कुल झैँ भएको छ’ उनले भनिन्। 

फिल्म ‘महापुरूष’ आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदै छ। सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ।

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन्। उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते। शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए। यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन्।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ। कलाकार समेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन्। ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ।

आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ। हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने।फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन्। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .