ad ad

कला


झन् चर्किँदै विवादः प्रेमगीत ३ का कारण दुई कित्तामा कलाकार

झन् चर्किँदै विवादः प्रेमगीत ३ का कारण दुई कित्तामा कलाकार

नेपालखबर
असोज ५, २०७९ बुधबार ९:२८, काठमाडौँ

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’का कारण फिल्मकर्मी दुई कित्तामा बाढिएका छन्।

नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शन हुन थालेको यो फिल्मलाई विकाश बोर्डले दुई थरी ब्यबहार गर्यो। त्यसपछि सुरु भएको बिवाद सतहमा देखिएको छ। यो बिवादमा नाम चलेका कलाकार समेत मुछिएका छन्। 

चलचित्र विकास बार्डले हिन्दी भाषामा डब गरिएको ‘प्रेमगीत ३’ले विदेशी फिल्म सरहको कर बुझाउनु पर्ने बताएपछि आगो ओकलिरहेको निर्माण टिम अझैं शान्त भएको छैन्।

फिल्मका निर्माता सन्तोष सेन र नायक प्रदीप खड्काले सार्वजनिक रुपमा बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग गरे। उनीहरुले नेपाली फिल्मको विकास र प्रवद्र्धन गर्न स्थापना भएको विकास बोर्ड नेपाली फिल्मको बजार खुम्च्याउन लागिपरेको आरोप लगाए।

भुवनसँगै ‘प्रेमगीत ३’ निर्माण टिमको गाली खानेमा निर्माता अशोक शर्मा परे। एनले हिन्दीमा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुँदा नेपाली फिल्मको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै लामो स्टाटस लेखेका थिए। शर्माको यो अभिव्यक्तिमा घुमाउरो शैलीमा सरोज खनाल, दीपकराज गिरी लगायतले समर्थन जनाए। 

तर चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धर लगायतका केहि कलाकार भने सेनकै पक्षमा थिए। उनीहरुले ‘प्रेमगीत ३’को विश्वव्यापी प्रचार र रिलिजले नेपाली फिल्मको बजार  प्रवद्र्धन गरेको भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर फिल्म चलाउन दिनु पर्ने राय राख्दै आएका थिए। 

आफ्नो सर्मथन गर्नेहरुसँग खुशी साट्नुको सट्टा निर्माता सन्तोष सेनले विरोध गर्नेहरु माथि आक्रोश पोख्ने काम धेरै गरे। यही क्रममा सेन अभिनेता सरोज खनाल माथि खनिए। सरोजले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसालेको भन्दै आरोप लगाए। उनले सरोजकै कारण अहिले अमेरिकाले राम्रो कामका लागि पनि कलाकारलाई भिषा नदिने गरेको भन्दै रोष पोखे।

लामो समय नेपाली फिल्म क्षेत्रमा बिताएका सरोजलाई सेनले भने ‘तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो।’ सेनले आफ्नो फिल्म प्रचारका क्रममा भुवन केसी, अनमोल केसी, झरना थापा लगायतका कलाकारलाई गाली गर्न भ्याए। 

निर्माता सेनले सरोजलाई कटाक्ष गरेपछि यो बिवाद झनै चर्किएको छ। दीपकराज गिरीले सेनलाई प्रश्न गरेका छन् ‘सबैलाई गाली गरेर फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्या यो ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .