ad ad

कला


दया र सौगातको मित्रताले तान्ला त दर्शक?

दया र सौगातको मित्रताले तान्ला त दर्शक?

नेपालखबर
असोज १०, २०७९ सोमबार ९:२२, काठमाडौँ

नेपाली फिल्म उद्योगमा जोडीका रुपमा जमेका कलाकार हुन् सौगात मल्ल र दयाहाङ राई। उनीहरुले व्यवसायीक रुपमा सफल फिल्म ‘कबड्डी–४’ गरेको सहकार्य दर्शकले रुचाए। यो जोडीले सँगै काम गरेको ‘लुट’को सहकार्य पनि दर्शकले रुचाएका थिए। 

थुप्रै फिल्ममा एक्ला एक्लै देखिएको यो जोडीलाई सँगै पर्दामा हेर्न चाहाने दर्शकको संख्या ठूलो छ। दर्शकको यही चाहनालाई पूरा गर्न दया र सौगातको जोडी पुनः पर्दामा देखिने तयारीमा छन्। असोज २१ बट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’मा दर्शकले यो जोडीलाई पुनः सँगै पर्दामा देख्न पाउने छन्। 

फिल्म निर्माण टिमले यी दुईको मित्रताले दर्शकलाई हलसम्म तान्ने विश्वास लिएका छन्।

फिल्मको टिजरमा दया र सौगातलाई एकसाथ देखेका दर्शक पनि उत्साहित छन्। दर्शकको उत्साह र निर्माण टिमको आशालाई दया र सौगातको जोडीले सम्बोधन गर्नु पर्ने देखिन्छ।

यो जोडीका साथमा उगेन छोदेन र उपासना सिंह ठकुरीले पनि फिल्ममा अभिनय गरेका छन्। 

कतिपयले ‘२ नम्बरी’लाई ‘कबड्डी ४’कै स्वादमा बनेको फिल्म भनेर पनि भनेका छन्। तर, निर्देशक दीपेन्द्र लामाले फिल्ममा दया र सौगातलाई दर्शकले फरक रुपमा हेर्न पाउने बताउँछन्। यो फिल्ममा  २ मित्रहरुको कथा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .