ad ad

कला


काठमाडौंमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ हुँदै, १६ देशका नाटक मञ्चन हुने

काठमाडौंमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ हुँदै, १६ देशका नाटक मञ्चन हुने

नेपालखबर
असोज ११, २०७९ मंगलबार ८:१७, काठमाडौँ

नेपालमा दास्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ हुने भएको छ। मण्डला थिएटरले आयोजना गर्न लागेको महोत्सव आगामी मंसिर ९ देखि १७ गतेसम्म काठमाडौंमा चल्ने छ।

महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछन्। मञ्चन हुनेमध्ये ५ वटा नेपाली नाटक हुनेछन्। देश तथा विदेशका २ सय कलाकारले भाग लिने महोत्सवमा १० हजार दर्शकको सहभागिता रहने मण्डला टिमको अपेक्षा छ।

‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ नारासहित आयोजना हुन लागेको महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाली नाटक मञ्चन हुने छन्। 

भारत, उरुग्वे, कम्बोडियालगायत देशबाट आएका कलाकारले महोत्सवमा कार्यशाला तथा तालिम सञ्चालन गर्ने बताइएको छ। ९ दिनसम्म चल्ने महोत्सवमा डेढ करोड रुपैयाँ बजेट लाग्ने फेस्टिभल संयोजक विजया कार्कीले जानकरी दिइन्।

सोमबार भएको पत्रकार सम्मेलनमा ‘इनोभेटिभ आइडिया अवार्ड’को पनि घोषणा गरिएको छ। एक लाख रुपैयाँ राशि रहेको यो अवार्डमार्फत इच्छुकले निर्देशन, लेखन, निर्माण, अनुसन्धानजस्ता विधामार्फत आवाज प्रस्तुत गर्न सक्नुपर्नेछ। अवार्डका लागि सोमबार नै आवेदन खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .