नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को पहिलो पोस्टर सार्वजनिक भएको छ।
फिल्म निर्माण टिमले पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत घोषणा गरेको छ। यो फिल्म आगामी पुस २९ गतेबाट अल नेपाल रिलिज हुने भएको छ।
फिल्मका निर्माता तथा निर्देशक रमेश एम के पौडेलको जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमभाव प्रस्तुत गरिएको छ।
फिल्ममा पासाङ लामाले लगानी गरेका छन्। फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ हुन्।
फिल्ममा पुष्प र साम्राज्ञीका साथमा सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा, दीपाशा केसी लगायतका कलाकारले अभिनय गरेका छन्।
असोज १२, २०७९, बुधबार
27
Shares
प्रतिक्रिया