ad ad

कला


श्रृंखला र सिसनको ब्रेकअप भएको चर्चा

श्रृंखला र सिसनको ब्रेकअप भएको चर्चा

नेपालखबर
असोज १२, २०७९ बुधबार ८:२९, काठमाडौँ

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बाँनियाको प्रेमलाई लिएर निकै चर्चा हुन्थ्यो। यी दुईले खुलेर आफ्नो प्रेम समेत स्वीकारेका थिए।

केहि वर्षदेखि प्रेममा रहेको यो जोडी केही महिनाअघिसम्म डेटमा रमाइरहेका थिए। विभिन्न ठाउँमा घुमघाममा रमाइरहेका थिए। 

अध्ययनका लागि अमेरिका पुगेकी श्रृंखलालाई भेट्न सिसन अमेरिका नै पुगे। उनीहरुले न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्बिर सार्वजनिक गरे। म्नोरञ्जन क्षेत्रमा यी दुईको प्रेमलाई आदर्श मान्नेहरु पनि धेरै छन्।

प्रेममा रहँदा उनीहरुको खटपटको खबर कहिल्यै सार्वजनिक भएन। तर, यी दुईको सम्बन्ध पछिल्लो समय ठिकठाक छैन भन्ने हल्ला सुरु भएको छ। 

उनीहरुको सम्बन्धलाई लिएर बजारमा चलेको हल्लालाई पुष्टि गर्ने गरी यो जोडी सामाजिक सञ्जालमा उपस्थित भएका छन्। यी दुईले एक–अर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्। 

उनीहरुले गरेको अनफलोले यी दुईबीच ब्रेकअप भएको शंका गरिरहेकालाई थप बल पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .