ad ad

कला


चलचित्र निर्माता संघका अध्यक्ष भन्छन् : नेपाली फिल्म उद्योगमा कालो बादल मडारिन थाल्यो

चलचित्र निर्माता संघका अध्यक्ष भन्छन् : नेपाली फिल्म उद्योगमा कालो बादल मडारिन थाल्यो

नबल खड्का


नेपालखबर
असोज १३, २०७९ बिहिबार ७:५२, काठमाडौँ

केही साताअघिसम्म हिन्दीमा डब भएको ‘प्रेमगीत ३’का विषयमा फिल्म उद्योगमा चर्को विवाद भयो। अहिले त्यो विवाद साम्य भएको छ। फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आइसक्यो। फिल्मले राम्रो कमाइ गरिरहेको छ। तथापि यो फिल्मका विषयमा उद्योगका जानकारहरु बोल्न छाडेका छैनन्। 

चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्काले नेपाली फिल्म उद्योगमा कालो बादल मडारिएको बताएका छन्। हिन्दी भाषामा नेपाली फिल्म ‘प्रेमगीत ३’रिलिज भएसँगै नेपाली फिल्म उद्योगमा कालो बादल मडारिन थालेको उनको तर्क छ।

यसअघि उनले हिन्दीमा डब गरिएको ‘प्रेमगीत ३’ नेपालमा रिलिज गर्न नहुने तर्क गरिरहेका थिए। तर नेपालमा हिन्दीमा डब भएको यो फिल्म रिलिज गर्न निर्माता सन्तोष सेनको टिमले ठूलै लफडा झेल्नुपर्‍याे। 

विशेष गरेर हिन्दीमा डब भएको ‘प्रेमगीत ३’ लाई विदेशी फिल्मसरह कर लाग्ने विषयमा भएको बहसमा खड्काले अमेरिकामा जन्मिएको छोरा नेपाल आउँदा दैनिक कर तिरेर नेपालमा बस्ने गरेको तर्कसँग जोडेर नेपाली भए पनि अर्को भाषा धारण गरेपछि कर तिर्नुपर्ने जिकिर गरेका हुन्। 

उनले भनेका छन्, ‘बाबुआमा नेपाली भए पनि यदि कुनै छोरा अमेरिकामा जन्मियो भने ऊ नेपाल आउँदा दैनिक कर तिरेर बस्छ। मैले भन्न खोजेको पनि त्यही नै थियो। तर, यसलाई विभिन्न तरिकाले तोडमोड गरेर बुझियो।’

निर्माता संघका अध्यक्ष खड्काले नेपाली भाषा र संकृतिमा अतिक्रमण हुने काम भएको भन्दै सचेत हुन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .