कला


किम कार्दसियनलाई १२ लाख डलर जरिवाना

किम कार्दसियनलाई १२ लाख डलर जरिवाना

नेपालखबर
असोज १८ , काठमाडौँ

आफ्नो इन्स्टाग्राम पेजमा इथेरियम म्याक्सको अवैधरुपमा प्रचार गरेको मुद्दामा किम कार्दसियन १२ लाख ६० हजार डलर जरिवाना तिर्न सहमत भएकी छिन्।

यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनका अनुसार रियालिटी टीभी स्टार कार्दसियनले मानिसहरुसँग आफूलाई क्रिप्टोकरेन्सी इथेरियम म्याक्सको प्रचारको लागि २ लाख ५० हजार डलर पाएको कुरा लुकाएकी थिइन्। उनले मानिसहरुलाई भ्रममा पारेर यो क्रिप्टोकरेन्सीको प्रचार गरेको कमिसनको दाबी छ। 

किम कार्दसियन तीन वर्षसम्म क्रिप्टोसम्पत्तिसँग सम्बन्धित कुरालाई बढावा नदिन पनि सहमत भएकी छिन्। कार्दसियनका वकिलले बीबीसीसँग भने, ‘कार्दसियन यो मुद्दा सुल्झाउन पाएकोमा खुसी छिन्।’ 

कार्दसियनले यो मुद्दाको अनुसन्धानमा पूरा सहयोग गरेको र आगामी दिनमा पनि कमिसनलाई आवश्यक पर्ने कुनै पनि सहयोगको लागि तयार रहेको उल्लेख गरेकी छिन्।

गत जनवरीमा कार्दसियनका साथै बक्सर फ्लोइड मेभेदर जुनियर, बास्केटबल खेलाडी पल पियर्स र इथेरियम म्याक्सका निर्माताविरुद्ध अवैधरुपमा क्रिप्टोकरेन्सीको प्रचारको आरोपमा मुद्दा दायर भएको थियो। 
 

असोज १८, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad